कान्दाको माटो र मेरो सपना: अभावभित्र पलाउँदै गरेको एउटा उज्यालो भविष्य
आज मेरो मनमा धेरै कुराहरू खेलिरहेका छन्। आँखा अगाडि १७ वर्षअघि सुरु भएको लक्ष्मी प्रतिष्ठान को यात्रा र विगत १२ वर्षदेखि कान्दाको त्यो विकट माटोमा बगाएको पसिनाको तस्बिर झल्झल्ती नाचिरहेको छ। जब मैले पहिलोपटक चितवनको कान्दा पुगेर त्यहाँको अवस्था देखेँ, मेरो मन स्तब्ध भएको थियो। त्यही क्षण मैले एउटा अठोट गरेको थिएँ— शिक्षा र सीपको माध्यमबाट यो सिंगो समुदायको रूपान्तरण गर्ने। आज १२ वर्ष बितिसक्दा पनि कान्दामा सडक, बिजुली र पानी जस्ता आधारभूत सुविधाहरू सहज रूपमा पुग्न सकेका छैनन्। तर, हामीले यो अभावलाई कहिल्यै अवरोध मानेनौँ। बरु, यसलाई अझ बढी दृढ भएर काम गर्ने प्रेरणाका रूपमा लियौँ। शिक्षाले बदलिँदै गरेको पुस्ता ९५% चेपाङ समुदायको बसोबास रहेको यस विकट ठाउँमा आज झन्डै २०० जना बालबालिकाहरू 'कुमार बलराम मेमोरियल होस्टल' मा बसेर 'कान्देश्वरी आधारभूत विद्यालय' मा अध्ययन गरिरहेका छन्। उनीहरूको हातमा कलम र मनमा ठूलो मान्छे बन्ने सपना देख्दा मेरो १२ वर्षको मिहिनेत सार्थक भएको महसुस हुन्छ। हामी केवल एउटा छात्रावास चलाइरहेका छैनौँ, हामी त एउटा सिंगो पुस्ताको भविष्य कोर्दै छौँ। यो या...